Follow us:-

ABOUT KEY HANA【또박 또박 한국어】

नेपालबाट कोरियामा MoU मार्फत सन् २००८ देखि EPS अदक्ष कामदार प्रवेश गराउन शुरु गरिएको हो। यसको लागि भाषा परिक्षा पास गर्नुपर्ने हुन्छ भने EPSबाट कोरिया जान कुनैपनि शैक्षिक योग्यता आवश्यक पर्दैन। यस प्रणालीमा कुनैपनि घुस-पैठ बिना नै कामदार भाषा परिक्षा पास भएर कोरिया प्रवेश गर्ने भएकोले यसलाई पारदर्शी प्रणाली पनि भन्ने गरिन्छ। हाल EPS मार्फत कोरियामा काम गर्ने नेपाली कामदार ८० हजारको हाराहारीमा छन्। यसै कुरालाई मध्यनजर गर्दै कोरियन भाषा प्रशिक्षक तथा यस कम्पनीका Founder कमल गौतमले कोरिया जान इच्छुक व्यक्तिहरुलाई 'KEY HANA' मार्फत गुणस्तरीय कोरियन भाषा सिकाउने उद्देश्यले कम्पनी खडा गर्नु भएको हो। यस कम्पनीको नाम ‘एक साँचो’ भने जस्तै यहाँहरुको कोरिया जाने सपना यहि साँचोले खोलियोस भन्ने अपेक्षा गर्दछौं ।

Read More

12

Experiences
Years Of

MEET THE FOUNDER AND INSTRUCTOR - KAMAL GAUTAM

कमल गौतम सँगै किन कोरियन भाषा अध्ययन गर्ने ?

  •  कोरियाको शिक्षा मन्त्रालय अन्तर्गतको TOPIK LEVEL-6 गरिसक्नु भएकोले कोरियन भाषा बोली र लेखनमा पुर्ण दक्षता भएको।
  •  सन् २०१९ देखि कोरियाको कानुन मन्त्रालय अन्तर्गतको (사회통합프로그램) KIIP मा Level-5 गरि कोरियाको संस्कृति, कार्यस्थल, हावापानी, राजनिती, कानुन तथा अर्थतन्त्र सम्बन्धी पुर्ण दखल राख्नुभएको ।
  •  बिगत १० बर्ष अघिदेखी निरन्तर कोरियाको संस्कृति, रहनसहन, कार्यस्थल, हावापानी, राजनिती, कानुन तथा अर्थतन्त्र सम्बन्धी अध्ययन गर्दै आउनुभएको।
  •  कानूनी अनुवादक एवम् दोभासे (Legal Interperter) भइ अध्यागमन तथा कानुन सम्बन्धी विशेष ज्ञान हासिल गर्नुभएको। (कोरियन/ नेपाली/ अन्य विदेशी तर्फका गलत मनस्थितिका व्यक्तिहरुले कोरिया बसाईमा आवेगमा आई विभिन्न समयमा क्रुर, भयानक तथा अपराधिक घटना घटाउने गरेकोले सो को न्यूनीकरण गर्न वा दुई भाषाको बिचमा एउटा दोभासेले मध्यस्थकर्ताको भुमिका खेल्नु पर्ने भनेर कानुनमै उल्लेख भएकोले हरेक बर्ष वा विभिन्न समयमा 사법통역사(Legal Interperter) को चयन गरिन्छ।)
  •  प्रत्यक्ष कोरियाको विभिन्न स्थानहरु घुमी पुरातत्व एवम् ऐतिहासिक कुराहरुको ज्ञान लिनुभएको।
  •  कोरियाको दर्जनौ प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिइ विभिन्न अवार्ड जित्नुभएको।
  •  करिब 11 बर्ष अघिदेखी कोरियन भाषा अध्यापन गर्नुभएको।
    * पहिलो लक्ष्य त कोरियन भाषा परीक्षा पास हुन सक्ने गरि शिक्षा प्रदान गर्नु नै हो। यसको साथै आउने दिनमा EPS Satandard Course Book को अलावा पनि कोरियाको संस्कृति, रहनसहन, कार्यस्थल, हावापानी, राजनिती, कानुन तथा अर्थतन्त्र सम्बन्धी थप ज्ञान दिन सक्ने भएकोले समयमै सम्पर्क गरि आ-आफ्नो स्थान सुरक्षित गर्नुहोस् । हाम्रो लक्ष्य कोरिया जान योग्य व्यक्ति उत्पादन मात्र गर्नु होइन कि, कोरियामा हुने भाषाको समस्या, फरक संस्कृतिले गर्दा हुने बेमेल आदि कुरालाई अन्त्य गर्न सकियोस भन्ने हो।

Our Publications

Get your hands on our Korean language books and take the first step towards fluency.

Discover More